दफा ५४
नेपाल सरकार वादी हुने
(१) दफा ३९ बमोजिमको कसूर सम्बन्धी मुद्दा नेपाल सरकार वादी भई दायर हुनेछ र त्यस्तो मुद्दा सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची–१ मा समावेश भएको मानिनेछ ।
(२) उपदफा (१) बमोजिमको कसूरको अनुसन्धान वा अभियोजन गर्दा सम्बन्धित अधिकारीलाई बोर्डले आवश्यक सहयोग गर्नु पर्नेछ ।